सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक
2275 पटक पढिएको

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु भएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक बसि सांसद त्रिपाठीको संयोजकत्वमा आर्थिक बर्ष २०७७/०७८ का लागि योजना तथा वजेट सार्वजनिक गरिएको हो ।
सांसद त्रिपाठीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि प्राप्त हुने चार करोड वजेटका लागि विभिन्न १९ वटा शिर्षकमा योजना छनोट गर्नु भएको हो । विनियोजित योजनाह?मा धुनिबेसी नगरपालिका डुम्रिचौर किटिनी बागखोर सडक धुनिबेसी १ को लागि २० लाख, केरावारी थली मनकामना सडक धुनिबेसी ७ का लागि १५ लाख, धुनिबेसी- ३ को दमाढुङ्गा कात्तिके कोल्पु्खोला सडक १५ लाख र कृषि रेडियो भवन निर्माणका लागि १५ लाख विनियोजन गरिएको छ ।
थांक्रे गाउँपालिकामा केवलपुर हरिहर भोजकुमारी माविलाई १० लाख, जुंगेखोला कान्लेफाँट, चुलिखेत सिंचाईका लागि १५ लाख, सातकिला, लुईकिल हाप्सेचौर सडकका लागि १५ लाख, घलेगाउँ कुलो भालुखोल्छा पर्खाल निर्माण तथा मर्मतका लागि १५ लाख र पोखरीचौर होमस्टे, पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ विनयोजन गरिएको छ ।
कार्यक्रम अन्र्तगत गल्छी गाउँपालिकामा ३ वटा योजना छनौट भएका छन । जस्मा गल्छी ५ मा छरछरे सागिने थालचौर विताँडाँडा सडकका लागि ४५ लाख , गल्छी ८को सुन्तलीचोक हरबोटे कोल्पुसडक १०लाख र गल्छी ७को ठूलाखेत सिमबवजार सडकका लागि १० लाख वजेट विनयोजन गरिएको सांसद त्रिपाठीले जानकारी दिनुभयो ।
सांसद त्रिपाठीले गजुरी गाउँपालिकामा ३ वटा योजना छनौट गर्दै वजेट विनियोजन गर्नुृ भएको छ । गजुरी गाउँपालिकामा वडा नम्बर ५ मा साँदीखोला मानेभन्ज्याङ देउराली सडकका लागि २० लाख, ८ नम्बर वडाको सप्तकन्या ठूलोबाङ्गे हुंदै मकवानपुर जोड्ने सडकका लागि लागि ३० लाख र गजुरी २ को अमिलटार डाँडागाउँ बेलभन्ज्याङ सडकका लागि १५ लाख रुपैया विनियोजन गरिएको छ ।
सिद्धलेक गाउँपालिकामा २ वटा मात्रै योजना परेको भएपनि सबैभन्दा धेरै रकम विनियोजन गरिएको छ । सिद्धलेकको १, २ र ३ नम्बर वडालाई समेट्ने गरि बैरेनी, पिपलनलाङ,ठाँटी सडक कालोपत्रेका लागि ५० लाख र सिद्धलेक ७ मा कागधारा, आदमटार सडक निर्माणका लागि २० लाख वजेट विनियोजन गरिएको छ ।
कार्यक्रम अन्र्तगत वेनिघाटरोराङ गाउँपालिकामा झिर्नीदोभान वडा कार्यालय बटडाँडा, हुँदै जरुङ जोड्ने सडकका लागि ५० लाख र रावलडाँडा बिद्यालयदेखि लेवाङ जाने सडकका लागि १६ लाख ४० हजार रुपैया बिनियोजन गरिएको छ ।
त्यसै गरि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत जिल्ला समन्वय समिति धादिङको प्रशासनिक खर्चका लागि ३ लाख ६० हजार विनियोजन गरिएको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७७, १८ मंसिर बिहीबार २०:४९ मा प्रकाशित