खानिखोलामा सवारी चालकहरुको स्वास्थ्य परीक्षण

943 पटक पढिएको

२५ मंसिर २०७७, बिहीबार २१:०० सम्पादक: धादिङ न्यूज

खानिखोला (धादिङ)। धादिङ प्रहरीले सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय खानिखोला धादिङको संयुक्त आयोजनामा बुधबार पृथ्वी राजमार्गमा चल्ने सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ।

राजमार्गमा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागी राजमार्गमा चलेका विभिन्न सवारीका चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ।स्थानीय यातायात व्यवसायीको सहकार्य र सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुसार जिल्लाको धुनिवेशी-८ मा रहेको ईलाका प्रहरी कार्यालय खानिखोलाको परिसरमा गरिएको स्वास्थ्य परीक्षणमा ५५ जना चालकहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गरिएको थियो।