जनजागृति विद्यालयको अध्यक्षमा पुनः गोकर्ण रुपाखेती

1642 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेववेशी २९ मंसिर – धादिङ जिल्लाकै धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयहरु मध्येको एक थाक्रे गाउँपालिका वार्ड नं. ६ मा रहेको जनजागृति माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक समेत रहेका गोकर्ण रुपाखेती सोही बिद्यालय व्यवबस्थापन समितिको अध्यक्षमा चयन हुनु भएको छ । मंसिर २९ गते बिद्यालयमा सम्पन्न भएको अभिभावक भेलाले पुनः अध्यक्षमा रुपाखेती लाई निर्विरोध चयन गरेको हो ।


थाक्रे गाउँपालिका शिक्षा अधिकृत अनिता खनाल सहित आम अभिभावक, समाजसेवी, जग्गादाता एवं राजनीतिककर्मीहरुको उपस्थितिमा सम्पन्न भेलाले शिक्षा नियमावली बमोजिम विद्यालयका संस्थापक तथा निवर्तमान अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षतामा अभिभावक, अरुण कुमार लामा, मनु थापा, रविप्रकाश ओझा, पुष्पा लामा तथा जग्गा दाता तर्फबाट गंगा लामा एवं विशेष श्रोत कक्षा सञ्चालन भएको विद्यालयको अपाङता क्षेत्रको प्रतिनिधित्व तथा अभिभावक उर्मिला राई, प्राविधिक विद्यालय सञ्चालन भएको हकमा व्यवसायी सुरेश थापा र इश्वर थापालाई आमन्त्रित सदस्यको रुपमा निर्विरोध चयन गरेको छ । निर्वाचित गोकर्ण रुपाखेतीले यो विद्यालय आफ्नो जिवन र परिवार भन्दा पनि प्यारो भएकोले देशकै नमुना विद्यालयकोरुपमा स्थापित गर्न सवैसंग हातेमालो गर्दै अगाडी बढ्ने र विद्यालयलाई समयसापेक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रकोरुपमा विकास गर्न लागीपर्ने प्रतिवद्धता जनाउनुभएको छ । भेलाले विद्यालयको प्रगती प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा सामाजिक परिक्षण प्रतिवेदन र विद्यालय सुधार योजना समेत अनुमोदन तथा पारित गरेको थियो ।

२०५७ सालमा मजदुर परिवारका वालवालिकालाई लक्षित गरी महादेववेशीमा रहेको पुरानो खाली भवनमा कक्षा ३ सम्म सञ्चालन हुनेगरी स्थानीय जनताकै अगुवाईमा स्थापित विद्यालयले स्थापनाको छोटो समयमानै शैक्षिक तथा भौतिक प्रगतीगर्न सफल विद्यालयमा हाल वालकक्षा देखी १२ कक्षा सम्म १३१३ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् भने कक्षा ९ देखी सिभिल इन्जिनियरीङ कक्षा, विभिन्न कारणले विद्यालय छुटेकाहरुका लागी अनौपचारिक खुला शिक्षा, दृष्टिविहिन विद्यार्थीहरुका लागी श्रोत कक्षा तथा छात्रावास समेतको व्यवस्थापन गरी सवै प्रकारका विद्यार्थीहरुलाई शैक्षिक मुलधारमा ल्याउने र पहुँच स्थापित गर्न सफल विद्यालयले वालमैत्रि वातावरणमा प्रविधियुक्त शिक्षण कृयाकलापलाई आगामी कार्यदिशा तय गरेको छ । सिप, सर्टिफिकेट र रोजगारी का लागी प्रविधिमैत्रि तथा व्यवहारिक शिक्षाको माध्यमबाट देशको लागी आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालयले लक्ष्य लिएको छ । विद्यालयले गाउँपालिका, तथा जिल्लाशिक्षा बाट समेत पटक पटक पुरस्कार समेत प्राप्त गरेको छ ।