डेढ करोड रुपैयाँसहित नागढुंगाबाट दुई जना पक्राउ

1161 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – स्रोत नखुलेको करिब डेढ करोड रुपैयाँ  सहित नागढुंगाबाट दुई जना पक्राउ परेका छन् ।

 महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले सोमबार विहान उनिहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक ३० बर्षिय अमितकुमार गुप्ता र उनि सवार रहेको मोटरका चालक २२ बर्षिय नेपाली नागरिक संगम थारु रहेका छन् ।

कपिलबस्तुबाट काठमाण्डौं आउँदै गरेको सवारी साधन चेक जाँच गर्नेक्रममा स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ भेटिएपछि उनिहरुलाई अनुसन्धानको लागि पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।