मौसम बदलिंदा देशैभर चिसो बढ्यो

1085 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-देशैभरको मौसम बदलिंदा चिसो ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावका कारण धादिङ लगायत देशको धेरैजसो स्थानमा सोमबार विहानै देखि घाम नलागेपछि चिसो बढ्न गएको हो ।

काठमाडौँमा सोमबार बिहान हल्का वर्षा समेत भएको थियो । काठमाण्डौंमा हल्का बर्षा सँगै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ ।

बागमती र प्रदेश नं १ को पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसै गरि सुदूरपश्चिम कर्णाली, गण्डकी, बागमती र प्रदेश नं १ का उच्च सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न भागमा पनि हल्का बर्षा हुने वताईएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव छ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।