सञ्चारकर्मी उदयराज शर्माको ‘एक बारको जुनिमा’ म्यूजिक भिडियो सार्वजनिक

2111 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लाको गाउँबस्ती , पाखा पखेरा र भन्ज्याङ चौतारीहरुमामा छायाँकन गरिएको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी उदयराज शर्माले निर्माण गरेको सो म्यूजिक भिडियोमा शर्माको गित,निर्देशन, सम्पादन र अभिनय समेत रहेको छ । म्यूजिक भिडियोलाई चर्चित कलाकार अनुमती नेपालीले साथ दिएकी छिन । अनुमति विभिन्न टेलिचलचित्र र म्यूजिक भिडियोहरुमा शशक्त अभिनय गरेर चर्चामा रहेकी कलाकार हुन ।

बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन । यस्तै मोहन लामाको मेकअप तथा कोरियोग्राफी रहेको भिडियोको प्रोड्युसरमा कालिका पौडेल रहेका छन ।

उदयराज शर्माको स्वरमा रहेको उक्त गितमा अरुण तिवारीको शब्द र दिपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र सागर सुब्बाको रेकर्डिङ रहेको छ । म्यूजिक भिडियोको मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ ।
गितको भिडियोमा धादिङका विभिन्न स्थानको पहिचान दिने दृष्यहरु देख्न सकिन्छ ।