नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्षमा आनन्द पोखरेल, सचिवमा खेम लोहनी

2084 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ६ माघ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वागमती प्रदेश कमिटीको अध्यक्षमा आनन्द पोखरेललाई चयन गरेको छ । यसअघिका अध्यक्ष नारायण दाहाललाई कारबाही गर्दै पोखरेललाई अध्यक्ष चुनिएको हो । पोखरेल साविकको नेकपामा सचिव हुनुहुन्थ्यो ।

प्रदेश कमिटीको मंगलबार बसेको बैठकले अध्यक्षमा आनन्द पोखरेल र प्रदेश कमिटी सचिवमा खेम लोहनीको नाम पारित गरेको हो ।

पूर्वमन्त्री पोखरेल दोलखाबाट २ पटक सांसद भइसक्नुभएको हो । खेम लोहनी विघटित प्रतिनिधिसभामा धादिङबाट निर्वाचित हुनुभएको थियो । उहाँ २०५४ सालमा धादिङ जिल्ला विकास समिति सभापति समेत हुनुहुन्थ्यो ।