प्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेत चयन ,हटाइए दाहाल

391 पटक पढिएको

प्रकाशित मिति: ८ माघ २०७७, बिहीबार २१:०७

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेत चयन हुनु भएको छ । बिहीबार काठमाण्डौंमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले संगठनको सहसंयोजक गणेश बस्नेतलाई सर्वसम्मतरुपमा संयोजकमा चयन गरेको हो । संगठनका संयोजक महेश्वर दाहाल संगठनका काममा निष्क्रिय रहेको भन्दै उनलाई जिम्मेवारीबाट हटाएर बस्नेतलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

भेलाले संगठनको केन्द्रीय कमिटी विस्तार र आवश्यकताअनुसार अन्य जिम्मेवारी हेरफेरको अधिकार संयोजक बस्नेतलाई दिने निर्णय पनि गरेको छ। संगठनले विधान संशोधन पारित गर्दै केन्द्रीय कमिटीको सदस्य ३५१ बनाउने निर्णय पनि गरिएको छ।

भेलाले नयाँ परिस्थितिमा सांगठनिक कामलाई केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोशियट क्षेत्रमा एकताबद्ध भई सबै तहमा समावेशीताका आधारमा पुनःगठन र पुनःव्यवस्थापनसहित व्यवस्थित र प्रभावकारी बनाउँदै देशव्यापी जागरणको सन्देश प्रवाह गर्ने संकल्प पनि गरेको छ ।

‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रता सहितको सबल श्रमजीवी पत्रकार स् स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा स् प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका साथ भएको भेलाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन भई ताजा निर्वाचनको लागि २०७८ वैशाख १७ र २७ गतेको मितिसमेत घोषणा हुनुलाई बाध्यात्मक र सही ठहर गर्दै स्वागत गरेको छ । यस विषयमा सर्वोच्च अदालतबाट हुने फैसलाका आधारमा मुलुकको स्थिरता र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नु नै अपरिहार्य आवश्यकता रहेको भेलाले ठहर गरेको छ।

भेलाबाट पारित प्रस्तावमा भनिएको छ, “यो भेला जनताका ती चाहनालाई सम्मान गर्दै आपसी गालीगलौज, अभद्र विरोध र कटुता प्रदर्शन नगरी एकता र प्रगतिशील रुपान्तरणका पक्षमा दृढताका साथ अघि बढ्न सम्बन्धित सबैमा अपिल गर्दछ ।” भेलाले श्रमजीवी पत्रकारको तोकिएको पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा अझै पनि सबै सञ्चारमाध्यममा कार्यान्वयन नभएका सन्दर्भमा सोको सही कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ।

यस्तै लोककल्याणकारी विज्ञापन समयमै वितरणका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको छ। कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न र बचाउन पत्रकार आचारसंहिताको पालना गर्दै सञ्चार क्षेत्रबाट अझ प्रभावकारी सन्देश प्रवाह गर्न भेलाले अपिल गरेको छ। भेलाले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनका क्रममा हालै नमूनाका रुपमा सार्वजनिक गरेको ‘नागरिक एप्स’ ले सूचना तथा सञ्चार प्रविधिको उपयोगमार्फत् सुशासन र पारदर्शितामा योगदान दिने भएकाले यसलाई प्रभावकारीरुपमा पूर्ण कार्यान्वयनतर्फ लान सरकारसमक्ष माग गरेको छ।

यस्तै कोरोना महामारीका कारण प्रभावित सञ्चारकर्मी, साना तथा स्वरोजगारमूलक सञ्चार संस्था र सञ्चारगृहलाई उचित आर्थिक सहुलितपूर्ण राहत कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्न तथा महामारीको बहानामा श्रमजीवी पत्रकारलाई निस्काशन, तलब सुविधा कटौती गर्ने, बेतलवी बिदा दिने सञ्चारमाध्यममाथि अनुगमन गरी श्रमजीवी पत्रकारको हक हित संरक्षण गर्न गराउन नेपाल सरकारसँग विशेष आग्रह गरिएको छ। साथै आम पत्रकारको जीवन बीमा गराउँदै ६० वर्ष उमेर पुगेका, अपाङ्गता भएका र दीर्घरोगी पत्रकारको निर्वाह भत्ता व्यवस्था गर्न पनि माग गरिएको छ । प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्नु भएको थियो ।

तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई २४९ सदस्यीय प्रेस सङ्गठन नेपाल गठन भएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

८ माघ २०७७, बिहीबार २१:०७ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

ईट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

धुनिबेसी- ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरुको पढाईलाई निरन्तरता दिनको लागि शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । धुनिबेसी नगरपालिकामा रहेको जाल्पादेवी ईट्टा उद्योगमा काम गर्ने मजदुरका.....

पुल निर्माणको म्याद सकियो, तयार भएन पुल

धादिङ-त्रिशूली नदीमा सात स्थानमा मोटरेबल पुल निमार्णाधीन छन् । ती पुल निर्माण गर्ने म्याद गत पुस मन्सान्तमा.....

धादिङमा समाचारमूलक डिजिटल पत्रिका बढ्दै

धादिङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर धादिङबाट शुक्रवारदेखि  'जनचासो डट कम' नयाँ अनलाइनको अनौपचारिक शुरुवात.....

‘लिगलिगे साइकल दौड’मा धादिङ गल्छीका मल्ल प्रथम

गोरखा — ‘लिगलिगे साइकल दौड’को उपाधि एपिएफमा कार्यरत धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ घर भएका लक्ष्मण.....

हाईवे र सरस्वती बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण

धादिङ,२ फागुन -   धादिङ जिल्लाको गल्छी र थाँक्रे गाउँपालिकामा रहेका समान प्रकृतिका दुईवटा बचत तथा ऋण सहकारी.....

Categories