विभिन्न कार्यक्रमका साथ २० औ सशस्त्र प्रहरी दिवश सम्पन्न

783 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सशस्त्र प्रहरी स्थापना भएको २० बर्ष पुगेको अवसर पारेर सशस्त्र प्रहरी बल, स्थापना दिवसको सन्दर्भ पारेर सदरमुकामका विभिन्न मन्दिर परिसर सरसफाई, बिद्यालयहरुमा गएर बिद्यार्थीलाई जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो ।

यसै गरि विहिवार सदरमुकाम धादिङ्गबेशीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रभातफेरी कार्यक्रममा कोभिड १९ को संक्रमणको अवस्थालाई मध्यनजर राखी भौतिक दुरी कायम गरौ, मास्क र पंञ्जा लगाऔ, साबुनपानीले मिचिमचि हात धोऔ भन्ने र बिभिन्न जनचेतना मुलक सन्देशहरुको प्लेकार्ड सहित नगर परिक्रमा गरेको छ ।