प्रहरीबाट वेनिघाटरोराङमा अफिम खेती फँडानी
299 पटक पढिएको

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १ स्थित विभिन्न गाउँमा लगाईएको प्रतिवन्धित अफिम खेती प्रहरीले फडानी गरेको छ । गाउँपालिकाको जरुङ, सिमटार र जयावा लगायतका स्थानमा अन्दाजी ३ सय ५० रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरी टोलीले फडानी गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अफिम फडानीको लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काको कमाण्डमा इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरिक्षक युवराज खड्का सहितको ३५ जनाको टोली खटिएर अफिम फडानी गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
धादिङमा हरेक बर्ष प्रहरीले गाउँ गाउँमै पुगे गाँजा र अफिम नष्ट गर्दै आएपनि प्रतिवन्धित आगु औषध गाँजा र चरेशसको ओसार पसार र बिक्री वितरणमा कमि आउन सकेको छैन । हरेक महिना जस्तो प्रहरीले लागु औषध चरेस ओसार पसारमा संलग्न भएकाहरुलाई पक्राउ गर्दै आईरहेको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
११ माघ २०७७, आईतवार ११:१२ मा प्रकाशित