निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

1453 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ।दुवै पक्षकाे मागदाबीअनुसार विवरणमा परिवर्तन र संशाेधन हुन नसक्ने निर्णय आयोगले आइतबार गरेकाे हाे।

 

आयोगको आइतबार बसेको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘विवरण हेरफेर हुन सक्ने अवस्था हुने देखिएन। साविककै विवरण कायम हुनेछ।’

दुवै पक्षकाे दाबी प्रचलित कानुनअनुसार नदेखिएकाले पूर्ववत् अवस्थामा रहेकाे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

ओली नेतृत्वको नेकपाले अहिलेसम्म प्रचण्डलाई अध्यक्षबाट हटाएको थिएन भने प्रचण्ड–माधव पक्षले ओलीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेका छन् । तर, निर्वाचन आयोगको निर्णयले दुवै पक्षसामु नयाँ अन्योल खडा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपामा विभाजन देखिएको थियो ।सोही बिषयलाई लिएर पुष्पकमल दहाल र माधवकुमार नेपालको नेत्तृत्वमा नेकपा अनौपचारिक रुपमा विभाजन हुन पुगेको हो ।