शंकास्पद गतिविधिको आशंकामा गल्छीका सुमन चितवनमा पक्राउ

543 पटक पढिएको

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार २१:१८

सम्पादक: धादिङ न्यूज

चितवन । धादिङको गल्छी गाउँपालिका वडा नं १ घर भई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सम्राट भनिने २४ वर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन् ।

विप्लव नेत्तृत्वको नेकपा निकट रहेको अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगर संयोजक समेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जनमानसमा भय एवं त्रास उत्पन्न गराउने गतिविधि गर्ने योजना बनाइ तयारी गरिरहेको अवस्थामा उनलाई भरतपुर १० सप्तगण्डकी चोक नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१२ माघ २०७७, सोमबार २१:१८ मा प्रकाशित