पछिल्लो २४ घण्टामा ३ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

632 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं,१३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३०३ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ४ हजार ५७४ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६४ हजार ८२३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १७ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २५२ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ५२ हजार ६८७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ३ हजार ३५२ जना आइसोलेसन र १२२ जना क्वारेन्टिनमा छन् ।