राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को परीक्षाफल प्रकाशित

2035 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सोमबार विहान प्रकाशित गरेको छ । परीक्षा बोर्डको बैठकपछि नतिजा सार्बजनिक गरिएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौंडेलले जानकारी दिनुभयो ।

परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ भने १ जनाको रद्ध भएको बोर्डले जनाएको छ । नियमित तर्फ छ हजार तीन सय २० जनाको स्थगित गरिएको छ । यस्तै दुई हजार नौ सय ८२ जना ग्रेडबृद्धि तर्फका र दुई हजार एक सय ८८ जना आँशिक तर्फका विद्यार्थीको नतिजा स्थगित गरिएको छ । आँशिक तर्फ २५ हजार दुई सय ८८ जना उत्तिर्ण भएका छन् ।


कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा गत मंसिरमा भएको थियो ।
परीक्षाको नतिजा नेपाल टेलिकमको समबाट १६०० मा डायल गरेर जानकारी लिन सकिन्छ ।