भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी बिज्ञ सदस्यमा सन्जय दुवाडी र सदस्यमा गंगादेवी श्रेष्ठ नियुक्त

1428 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ लगायत देशका सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले  जिल्ला अध्यक्ष र अन्य सदस्यको मनोनयन गरेको छ ।


आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी (मुलपानी) बिज्ञ सदस्यमा सन्जय दुवाडी ( ढोला) र सदस्यमा गंगादेवी श्रेष्ठ ( नीलकण्ठ) लाई नियुक्त गरिएको राजपत्रमा प्रकाशित सूचनामा जनाईएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।

७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जनालाई आयोगको जिल्ला समितिको पदाधिकारीमा सरकारले नियुक्त गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगको केन्द्रिय अध्यक्षमा चितवनका देवी ज्ञवाली छन् ।
आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले बताउनु भयो ।

आयोगका जिल्ला अध्यक्षले प्रथम श्रेणी सहसचिव सरह सुविधा पाउने छन्। भने सदस्यहरुलाई सरकारले उपसचिवसरहको तलब भत्ता पाउनेछन् ।