नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को धादिङ इन्चार्जमा डाक्टर रामकुमार अधिकारी

1343 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुरु गरेको नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को केन्द्रिय सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ । अभियानका लागि ५४ जिल्ला इन्चार्ज समेत तोक्दै १६२ जना केन्द्रिय सदस्यको नामावली सार्वजनिक गरिएको छ ।

अभियानको धादिङ इन्चार्जमा डाक्टर रामकुमार अधिकारी र केन्द्रिय सदस्यहरुमा उमेश थापा र शिवराज सापकोटा चयन भएका छन । जिल्ला इन्चार्ज तोकिएका डाक्टर रामकुमार अधिकारी वागमती प्रदेश सभाका सांसद समेत हुनुुहुन्छ । अधिकारी यस अघि कुनै पनि समूहमा देखा पर्नु भएको थिएन । केन्द्रिय सदस्य चयन हुनुभएका  थापा वामदेव निकटका रुपमा चिनिंदै आउनु भएको छ भने अर्का केन्द्रिय सदस्य शिवराज सापकोटा प्रचण्ड माधव समूहका अगुवा कार्यकर्ताका रुपमा चिनिएका व्यक्ति हुन । एकता अभियानको केन्द्रिय सदस्यको जिम्मेवारी पाएपछि सापकोटाको भूमिका कस्तो रहन्छ भन्नेमा अवका दिनमा उनको सक्रियता र गतिविधिले स्पष्ट पार्नेछ ।


माघ ५ गते काठमाण्डौंमा भेलाको आयोजना गरि गौतमले अभियानको घोषणा गर्नु भएको थियो । अभियानको संयोजकमा गौतम, सह संयोजकमा हरिप्रसाद पराजुली र सचिवमा बाबुराम थापा रहनु भएको छ । अधिकतम ६ सय ५१ सदस्यिय हुने भनिएको सो अभियानको जिल्ला इन्चार्जहरुमा अमरनाथ रेग्मी स्याङजा, आङबाबु लामा रामेछाप,उमेश घिमिरे धनकुटा,कमलमणी गौतम संखुवासभा, कृष्ण उप्रेती उदयपुर, केदार केसी ललितपुर, गंगा चेमजोङ पाँचथर,गणेश जोशी दार्चुला,गोबद्र्धन खड्का भक्तप्ुर, धनप्रसाद गौतम मकवानपुर रहेका छन् ।

त्यसै गरि चन्द्रवहादु बुढा मुगु, चिरन्जीवी शाही बाजुरा, जिवलाल पौडेल कपिलबस्तु, टिकाराम भुसाल पर्वत, डम्बरबहादुर कार्की दैलेख, डाक्टर रामकुमार अधिकारी धादिङ, दिपक चापागाँई झापा, दिपक राय यादव रौतहट, दुर्गा भण्डारी नवलपुर, देवीराम आचार्य कालीकोट,नरेन्द्र बिष्ट बैतडी, निरक गुरुङ बाँके, नेत्रमणी लामिछाने दाङ, पूर्ण शर्मा बर्दिया,प्रकाशजंग शाह जाजरकोट र बतहु यादव बाराको इन्चार्ज तोकिएका छन ।

अभियानमा भद्रगोल किराँती सोलुखुम्बु, भाईकृष्ण बलामी काठमाण्डौं, भानुभक्त पोखरेल महोत्तरी, भिम जनाला अछाम,भूपती पाण्डे पाल्पा, मंगललाल श्रेष्ठ काभ्रेपलाञ्चोक,महेन्द्र अर्याल रुपन्देही, महेश श्रेष्ठ म्याग्दी, यादव बस्नेत गोरखा, युवराज पौडेल अर्घाखाँची,रविन्द्र बम बझाङ, राजीव गुरुङ मनाङ,राजेन्द्र राई खोटाङ,रामकृष्ण चौलागाँई जुम्ला, रामप्रकाश अधिकारी चितवन, रुद्रमणी सुवेदी रोल्पा, लक्ष्मीप्रसाद अधिकारी कास्की र लक्ष्मीचन्द्र कार्की डोल्पाको इन्चार्ज तोकिएका छन ।

सार्वजनिक गरिएको संरचनामा प्रत्येक जिल्लामा पालिकाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्यव समिति निर्माण गरिने उल्लेख छ । जिल्ला समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुने र जिल्लामा रहेका केन्द्रीय समन्वय समितिका सदस्यहरु आमन्त्रित रुपमा बैठकमा भाग लिनेछन् र पालिकाहरुमा निर्देशकका रुपमा खट्ने जनाइएको छ ।

त्यसैगरी प्रत्येक पालिकामा वडाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ५१ सदस्यीय पालिका समन्वय समिति निर्माण गरिनेछ । पालिका समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुनेछ ।पालिकाका बैठकमा त्यहाँ रहेका जिल्ला समन्वय समितिका सदस्य र केन्द्रीय समन्वय समितिका सदस्यहरुले आमन्त्रित रुपमा भाग लिन सक्नेछन् । प्रत्येक वडामा अधिकतम १५ जनाको संख्यामा समन्वय समितिर आवश्यक संख्याको सचिवालय हुने तथा केन्द्रदेखि पालिका तहसम्म आवश्यक सदस्य संख्यामा परिषद्हरु गठन गर्न सकिनेछ ।सम्बन्धित समितिका पदाधिकारी तथा सदस्यहरुपरिषद्का पदेन पदाधिकारी तथा सदस्य हुने व्यवस्था गरिएको अवधारणापत्रमा उल्लेख छ ।

सबै तहका समितिहरुमा संयोजक, सहसंयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्य रहने व्यवस्था गरिनेछ तथा केन्द्रीय समन्वय समितिमा संगठन, प्रशिक्षण र प्रचार प्रसारका कार्य गर्न थप ३ सहसचिवहरुको व्यवस्था गर्न सकिने जनाइएको छ । अर्को व्यवस्था नभए सम्म अभियानका सबै समिति र सदस्यहरु यसै अवधारणापत्रको व्यवस्था अनुसार परिचालित हुनेछन् ।

संगठन सञ्चालन सम्बन्धी नियमहरु
१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति यसको सर्वोच्च संस्था हुनेछ ।

२. यस अभियानको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद हुनेछ ।

३. यसको संगठनात्मकम सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ,
(व्यक्ति कमिटी मातहत रहनेछ । तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहनेछ । मत विभाजन हुँदा बहुमतको निर्णय कमिटीको निर्णय हुनेछ ।)

४. अभियानका सबै तहमा आयोजना गरिने अध्ययन, प्रशिक्षण र तालिममा अभियन्ताहरुले भाग लिनुपर्नेछ ।

५. अभियानमा अध्ययन गर्ने सैद्धान्तिक दस्तावेजहरु निम्नानुसार हुनेछन्ः
क.जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन,
ख.एक्काइशौं शताब्दीको कम्युनिष्ट पार्टी,
ग. नेपाली जनताको समृद्धिको कार्यक्रम बहुदलीय समाजवाद,
घ. कस्तो हुनुपर्छ कम्युनिष्ट पार्टीको विधान,
ङ. राजनीतिक ज्ञान र शिक्षाका आधारहरु,
च. आवश्यक माक्र्सवादी साहित्य,

६. अभियानका सबै समितिहरु निम्नानुसारका समयावधीमा बैठक बस्नेछन्् ।
क. केन्द्रीय समन्वय समितिको बैठक६ महिना,
ख. प्रदेश समन्वय समितिको बैठक ३ महिनामा,
ग. जिल्ला समन्वय समितिको बैठक २ महिनामा,
घ. पालिका समन्वय समितिको बैठक १ महिनामा,
ङ. वडा समन्वय समितिकोमहिनामा २ पटक,
च. आवश्यकता पर्दा बैठकका समयावधि तल माथि हुनसक्नेछ,