हुवासिनका उप महाप्रवन्धक डिल्लीराज पोख्रेललाई अन्तराष्ट्रिय पुरस्कार

989 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-   सयौ बिदेशी म्यानेजरलाई पछि पार्दै चिनिया लगानीको बहुराष्ट्रिय कम्पनीको सर्वोेत्कृष्ठ अन्तरास्ट्रिय म्यानेजर पुरस्कार धादिङ जिल्लामा कार्यरत नेपाली म्यानेजरले पाएका छन ।

करिब आधा दर्जन देशमा लगानी रहेको हुवासिन सिमेन्ट कम्पनीको यस वर्षको अन्तरास्ट्रिय उत्कृष्ट म्यानेजरको उपाधि डिल्लीराज पोख्रेलले पाउनु भएको हो । पोख्रेल धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा रहेको हुवासिन सिमेन्ट उद्योगमा उप- महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्छ ।

विभिन्न मुलुकमा रहेको हुवासिन कम्पनीमा कार्यरत म्यानेजरहरूको प्रतिस्पर्धामा पोख्रेल उत्कृष्ट हुनु भएको हो । धादिङको ताल्तिमा हुवासिन सिमेन्ट निर्माणाधीन अवस्थामा छ । हुवासिन विश्वकै उच्च सिमेन्ट कम्पनी मध्येमा पर्छ । हुवासिनले उत्पादनमा आधुनिक प्रविधिको प्रयोग र सिमेन्टको गुणस्तरलाई आधार मान्दै आएको छ । उक्त पुरस्कारको घोषणा चीनको बुहानमा अवस्थित हुवासिनको केन्द्रिय कार्यालयले गरेको हो । हुवासिनमा आउनु अघि पोख्रेल लामो समय सम्म टेलिभिजन पत्रकारितामा आवद्ध हुनुहुनथ्यो ।