माघ ३० गते सोनाम ल्होछार,देशभर सार्वजनिक बिदा
1405 पटक पढिएको
धादिङ न्युज
संघीय सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा बिदा दिन ध्यानाकर्षण गराउँदै आएको थियो।
सरकारले केही वर्ष अघिसम्म सोनाम ल्होछारमा बिदा दिए पनि पछिल्ला वर्षमा भने बिदा कटौती भएको कारण सार्वजनिक बिदा दिनु पर्ने माग बढ्दै गएको थियो ।







