चरौँदीमा रोकिराखेको ट्रकमा माइक्रो ठोक्किँदा २ जनाको मृत्यु

530 पटक पढिएको

प्रकाशित मिति: २०७७, १ फाल्गुन शनिबार १२:४५

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ७ चरौँदीस्थित पृथ्वीराजमार्गमा रोकिराखेको ट्रकमा माइक्रो ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार नवलपरासीबाट काठमाडौँका लागि छुटेको बा ३ ख ८४ नम्बरको माइक्रोबस शनिबार बिहान ६:२० वजे सडकमा रोकी राखेको ना ६ ख ४६० नम्बरको मालवाहक ट्रकको पछाडी भागमा ठक्कर खाँदा माइक्रोमा सवार २ जनाको मृत्यु भएको हो ।

प्रनाउ खड्काले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हिरामाया गुरुङ र सोही ठाउँकी अन्दाजी ६५ वर्षीया कृष्ण कुमारी केसी रहेका छन् । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई चितवन रिफर गरिएको छ भने २ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । अर्का एक जना घाइते सामान्य उपचारपश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, १ फाल्गुन शनिबार १२:४५ मा प्रकाशित