आदामारामा खानेपानी योजना हस्तान्तरण

1392 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिद्धलेक–धादिङ । घर घरमा धारा मार्फत खानेपानी आउन पछि आदामाराबासीमा खुशीयाली छाएको छ ।

साँधखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिद्धलेक गाउँपालिका वडा नं ४ आदामाराले खानेपानी योजनाको अन्तिम चरणको सार्वजनिक सुनुवाइ तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

खानेपानी योजनाको स्वामित्व हस्तान्तरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर मगरको अध्यक्षमा भएको थियो भने कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य र उपाध्यक्ष कमला शर्माको बिशेष आतिथ्य रहेको थियो ।

घरघरमा धारा सहित खानेपानी व्यवस्थापन भए पछि समुदायको दैनिकी बदलिनुका साथै दुःखका दिन सकिएको भन्दै आदामनराबासीले खुशीयाली मनाएका थिए । चैत ७ गते शनिबार सम्पन्न योजनाको स्वामित्व हस्तान्तरण कार्यक्रममा सिद्धलेक गापा वडा नं ४ का वडाध्यक्ष रामहरि बराकोटी,वडा नं ६ का वडाध्यक्ष टीका प्रसाद थपलिया ,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,उपाध्यक्ष बिपिना मगर ,सचिव वीर बहादुर श्रेष्ठ ,गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,ईन्जिनियर चक्रपाणि जोशि, चापडी र परेवाटार खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष लगायत स्थानीय उपभोक्ताहरुको उल्लेख्य सहभागीता रहेको थियोे ।

पुर्णिमा कार्यक्रम अन्तरगत अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले संचालन गरेको योजनाबाट ४२ घरमा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको हो । प्रयास नेपाल धादिङको १३ लाख ८१ हजार १ सय ४२ रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ५ लाख ७ हजार २ सय ५० रुपैया समेत गरि १८ लाख ८८ हजार ४ सय २ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक अर्यालले जानकारी दिनु भयो ।

घर घरमा खानेपानी आउन थालेपछि अब आदामारा गाउँ पुर्ण सरसफाइमा अघि बढेको उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर मगरले बताउनुभयो ।

कार्यक्रममालाई सम्बोधन गर्दै सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल ,बिशेष अतिथि उपाध्यक्ष कमला शर्मा,वडाध्यक्ष रामहरि बराकोटी लगायतले गाउँपालिकाको सबै घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य अनुसार स्थानीय विकास साझेदार प्रयास नेपाल धादिङसँग समन्वय तथा सहकार्यमा आदामारागाउँमा खानेपानी योजना संचालन गरेर समुदायलाई स्वच्छ खानेपानी उपलव्ध गराएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने र गाउँबस्तीमा आयआर्जनका कार्यहरु थपिन जाने बिश्वास गरिएको प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता गोबिन्द बिडारीले जानकारी दिनु भयो ।