थाक्रे गाउपालिका स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड जनजागृति मा.वि ले उचाल्यो

2818 पटक पढिएको

८ चैत्र २०७७, आईतवार २२:१५ सम्पादक: धादिङ न्यूज

थाक्रे गाउँपालिकाद्धारा आयोजित नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लगातार तेश्रो पटक जनजागृति माध्यमिक विद्यालय, महादेववेशी ले उचालेको छ । चैत्र ५ गते देखी ७ गते सम्म थाक्रे गाउँपालिकाको खेल मैदानमा भएको रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण सहित जनजागृति माध्यमिक विद्यालय प्रथम, ७ स्वर्ण सहित कालिका माध्यमिक विद्यालय द्धितिय र ३ स्वर्ण सहित महाकाली माध्यमिक विद्यालय तसर्पु ले तृतिय स्थान हासिल गरेको छ । प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालयकी अनु भुषाल एक्लैले ३ एकल विधा र एक रिलेमा समेत गरी ४ स्वर्ण जित्न सफल भईन ।
प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई आज एक कार्यक्रम विच माननीय सांसद भूमि त्रिपाठी तथा रामकुमार आचार्यले  शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थाक्रे शिक्षा तथा खेलकुद शाखाको अधिकृत अनिता खनालले धादिङ न्यूजलाई जानकारी गराउनुभयो ।