जनगणनाको लागि धादिङमा जिल्ला कार्यालय स्थापना

1861 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम धादिङबेसी पुछारवजारमा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना अधिकारी णप्रसाद तिवारीले वताउनु भयो ।

जिल्लास्तरीय कार्यालय स्थापना गरी विसं २०७८ को जिल्लाको जनगणना कार्यको तयारी गरिएको जनगणना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तहसँग समन्वय गरी जनगणना कार्य अघि बढाइने बताइएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक करारमा नियुक्ति गर्न सरकारले चैत ११ गतेसम्मका लागि अनलाइन विज्ञापन गरिएको कार्यालयले जनाएको छ ।

केही दिन कार्यालयको व्यवस्थापन, स्थानीय तह तथा जनगणना समन्वय समितिको पदाधिकारी रहेका जिल्लास्थित विभिन्न कार्यालयलाई पत्राचार गर्ने कार्य हुने तिवारीले बताउनुभयो । नेपालमा हरेक १० वर्षको अन्तरालमा राष्ट्रिय जनगणना हुने गरेको छ । राष्ट्रिय जनगणना बिक्रम संबत १९६८ देखि शुरुवात भएको हो । यसको बाह्रौं श्रृंखला का रुपमा राष्ट्रिय जनगणना २०७८ जेष्ठ २५ देखि असार ८ सम्म सञ्चालन हुँदैछ ।

सोहीअनुसार विसं २०७८ मा हुने जनगणनाअन्तर्गत सुपरीवेक्षकले वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने र गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर जनगणनाको कार्य गर्ने कार्यालयले जनाएको छ ।