नेपालमा २४ घन्टामा थप ८९ जनामा कोरोना पुष्टि

1148 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ८३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या यति पुगेको हो । देशका बिभिन्न स्थानमा गरिएको परीक्षणबाट कोरोना संक्रमितहरुको पहिचान भएको हो ।

संक्रमितको पहिचान संगै थप ९५ जना संक्रमित कोरोना मुक्त भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख ७२ हजार ५३० जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म तीन हजार २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा १२ सय ८२ जना आइशालेशन र ५७ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख ६१ हजार १४६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड १९ को दोस्रो लहर नेपाल भित्रिए शैक्षिक संस्था कोरोनाको हटस्पट बन्ने संभावना बताउँदै सचेत रहन आग्रह गरेको छ।