धादिङमा आइसिटी लाइब्रेरी स्थापना गर्न सिद्दिचरण प्रतिष्ठानले सहयोग गर्ने

968 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- शिक्षा,कला साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आईरहेको युगकवी सिद्दिचरण प्रतिष्ठानले साईबर एण्ड लाईब्रेरी सर्भिसेज संग मिलेर धादिङ जिल्लामा आइसिटी लाइब्रेरी स्थापना गर्न चाहने धादिङ जिल्लाभरका बिद्यालय,सहकारी ,क्लब तथा एनजिओ लाई सहयोग गर्ने भएको छ ।

धादिङ जिल्लाका सामुदायिक बिद्यालय, सहकारी ,क्लब तथा एनजिओ हरुमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला (आइससिटी) कक्षा स्थापना गर्न युगकवी सिद्धिचरण प्रतिष्ठानले सहयोग गर्ने भएको हो ।

सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्दै सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि इच्छुक जिल्लाका ६० वटा बिद्यालयले पहिलो चरणमा यो सहयोग सामाग्री पाउने भएका छन् ।

सबै तहका निजि तथा सार्वजनिक स्कुल ,क्लब , सहकारी र गैर सरकारी संस्थाहरुले सहुलियतमा आईसिटी सहयोग सामाग्री प्राप्त गर्नेछन् ।
प्रतिष्ठानले सहयोगी दाता र संस्थाको श्रोतबाट खरिद गरि बितरण गर्ने सामाग्रीहरुमा एक थान प्रोजेक्टर, एक थान कम्प्युटर ,एक थान इ– लाइब्रेरी,एक थान फोटोकपी ,प्रिन्टर स्क्यानर,सिसिटिभी,मास्क,थर्मल गन, पुस्तक लगायत रहेका छन् ।

प्रतिष्ठानले रु ४० हजार नगद लिएर इच्छुक निकायलाई उक्त सामाग्री उपलव्ध गराउने गरेको संस्थाका प्रतिनिधि राजेश परियारले जानकारी दिए । प्राप्त गरेका छन।