नेपालमा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट

623 पटक पढिएको

प्रकाशित मिति: २०७८, ५ जेष्ठ बुधबार ११:१९

सम्पादक: धादिङ न्यूज

 

 

काठमाडौं। नेपालमा कोभिड–१९ को थप नयाँ भेरियन्ट फेला परेको छ। यो सँगै नेपालमा भाइरसका तीन किसिमका भेरियन्ट भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको पनि मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा फेला परेको नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भएको घोषणा गरिसकेको छ। भारतमा पुष्टि भएको कोरोना भाइरसको म्युटेसन बी।१।६१७।२ भेरियन्टलाई डब्लुएचओले ‘भेरियन्ट अफ कन्सर्न’को रूपमा राखेको हो।

मन्त्रालयका अनुसार देशमा विभिन्न भागबाट संकलित ३५ नमूनालाई डब्लुएचओको समन्वयमा मन्त्रालयले ‘जीन सिक्वन्सिङ’का लागि भारत पठाएको थियो। मंगलबार प्राप्त नतिजा अनुसार नमूनामध्ये ३४ नमूनामा नयाँ भेरियन्ट पुष्टि भएको हो।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, ५ जेष्ठ बुधबार ११:१९ मा प्रकाशित