बृद्धभत्ता अव मासिक ४ हजार

570 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिवार वजेट भाषण मार्फत सो घोषणा गर्नु भएको हो । ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको पनि उहाँले वताउनु भयो ।