धादिङका स्थानीय तहलाई रेडक्रसको सहयोग

914 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १७ जेठ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले धादिङका सबै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा तथा अतिआवश्यक सामग्रीहरु उपलब्ध गराउने भएको छ ।

जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय र धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल, रेडक्रस उपशाखा, एम्बुलेन्स चालक समाज र संचारकर्मीहरुका लागि विभिन्न स्वास्थ्य सुरक्षा सहयोग सामग्री वितरण गर्न लागिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोकथाम र संक्रमितहरको उपचारमा सहयोग पु¥याउन जिल्लाका १३ वटै स्थानीय तहले सञ्चालनमा ल्याएको आइसोलेसन व्यवस्थापनका लागि रेडक्रसले विभिन्न सामग्रीहरु सहयोग गरिरहेको रेडक्रस जिल्ला शाखा सभापति नारायणप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

रेडक्रसले जिल्लाका सबै स्थानीय तहलाई आइसोलेसन व्यवस्थापनका लागि हरेक स्थानीय तहमा सर्जिकल मास्क, केएन–९५ मास्क, पिपिई सेट, साबुन सेनिटाइजरलगायतका सामग्री वितरण गर्न लागेको हो । जस्मा २७ हजार ४०० थान सर्जिकल मास्क, ९ सय १० वटा केएन–९५ मास्क, ग्लोब्स ५०० जोर, सेनिटाइजर १७० वटा र खुल्ला ६० लिटर वितरण गर्न लागेको जनाएको छ ।

यसैगरी जिल्ला अस्पताल धादिङले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा २ वटा ठूला त्रिपाल राखेर कुरुवा घर निर्माण गरिदिनुका साथै अन्य आवश्यक सामग्री सहयोग गरिएको रेडक्रस धादिङ शाखाका उपमन्त्री नारायणकुमार श्रेष्ठले बताउनुभयो ।

रेडक्रसले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेपछि स्थानीय तहलाई विपदका बेला केही सहयोग मिलेको सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद सिलवालले बताउनुभयो । आइतबार जिल्लाको बेनिघाट–रोराङ, सिद्धलेक र गजुरी गाउँपालिकामा रेडक्रसटोली पु्गेर सामान हस्तान्तरण गरेको थियो । यसै गरी सोमबार धुंवाकोट, सेमजोङ, मार्फाक स्थित रेडक्रस उपशाखा मार्फत सम्वन्धित स्थानीयलाई सामाग्री हस्तान्तरण गरिएको छ । रेडक्रसका जिल्ला सभापति तिमिल्सिनाले बताउनुभयो ।