थांक्रेका युवाहरुको सराहनीय कार्य, गरिब विपन्नलाई घर घरमा खाद्यान्न रोगले भन्दा पनि भोकले कोही मर्न नपरोस भन्दै थाक्रेका युवाहरु खाध्यान्न सहित घरघरमा

771 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थाक्रे, २५ जेठ ।  विश्वव्यापी कोरोनाको दोश्रो भेरियन्टका कारण नेपाल पनि गत वैसाख मध्यबाट लकडाउनमा छ । साना व्यवसाय, यातायात तथा उद्योगधन्दाहरु यति वेला बन्द रहेको छ ।

सवै तहका सरकार यतिवेला कोरोना रोकथामका लागि परिक्षण, आइसोलेसन निर्माण, औषधी उपचार, अक्सिजन व्यवस्थापन मा लागिरहेको अवस्थामा दैनिक ज्यालादारी गरि गुजारा गर्ने श्रमिक, असक्त तथा अपाङहरुको आम्दानीका श्रोतहरु सुक्नगई खाध्यन्न अभावमा पर्न थालेका छन् ।

यो अवस्थालाई मध्यनजर गर्दै थाक्रे गाउँपालिका धादिङका विभिन्न पेशा तथा व्यवसायी केही युवाहरु थाक्रे सामाजिक अभियन्ता धादिङ नामक फेसबुक पेज निर्माण गरि आफै श्रोत व्यवस्थापन गर्दे खाध्यान्न सहित थाक्रेका विभिन्न गरिब तथा विपन्न परिवारको घरघरमा विगत ५ दिनदेखी निरन्तर खाध्यान्न सहित पुगिरहेका छन् ।

शुरुमा जम्मा ५–७ जना युवाहरु मिलेर शुरुगरेको यो अभियानमा अहिले ४० जना भन्दा बढि युवाहरु सकृय भएका छन् । कोरोना संक्रमणको जोखिमलाई ख्यालदिदै विभिन्न वडामा रहेका गरिब, अशक्त, असहाय तथा दैनिक ज्याला मजदुरीबाट जिविकोपार्जन गरि गुजारा गर्दे आएका परिवारमा प्रत्येक परिवारमा १ बोरा चामल, नुन तेल सहित वितरण गदै हिडेका छन् ।

यो कार्यक्रम सुरुगर्दा थोरै श्रोत बाट शुरुगरेको भएपनि हाल थुप्रै युवाहरु आर्थिक सहयोग सहित यो अभियानमा सहयोग गरिरहेको यस अभियानका संयोजक प्रकाश थापाले बताए । हालसम्म थाक्रेका १५० घरधुरी मा राहत पु¥याइसकिएको र बाँकी वडामा समेत पु¥याउने कार्य निरन्तर भइरहेको साथै यो अभियान बारे थाहापाएर थाक्रेका धेरै समस्यामा परिरहेका परिवारबाट समेत माग आइरहेकोले श्रोतको व्यवस्थापन गर्दै ति ठाउँहरुमा तत्काल पुग्ने कार्यक्रम रहेको संयोजक थापाले बताए ।