प्रेस चौतारी धादिङद्वारा पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

1025 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ, २६ जेठ । प्रेस चौतारी नेपाल, धादिङले कृयाशिल पत्रकारहरुका लागि मास्क तथा सेनिटाइजर लगायतको स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

जिल्लाका सञ्चारमाध्यम र जिल्ला बाहिरका सञ्चारमाध्यममा कार्यरत गरि  ३५ जना पत्रकारहलाई मास्क, सेनिटाइजर,ह्याण्ड वास लिक्विड लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी धादिङका अध्यक्ष सरोज पौडेलले वताउनु भयो ।

प्रेस चौतारीले सम्पूर्ण सञ्चारकर्मीहरुलाई सकेसम्म घरमै बसेर वैकल्पिक उपायको प्रयोग गरी समाचार संकलन गर्न र फिल्डमै जान परे अत्यन्त सावधानीका साथ स्वास्थ्य सामग्रीहरुको प्रयोग गरेर मात्र जानका लागि आग्रह गरेको छ ।

यस अघि जिल्लाका अनलाइन मिडिया संचालकहरुको संस्था डिजिटल मिडिया नेटवर्क धादिङले पनि जिल्लाका ३० जना पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको थियो ।

त्यसै गरी प्रेस युनियन धादिङले पनि आफ्ना कृयाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री दिएको थियो ।