जहरेखेतमा टिपर र कार ठोक्किँदा एक जनाको मृत्यु,एक जना घाईते

1512 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २७ जेठ । बिहीबार विहान धादिङको गजुरी गाउँपालिकाको जहरेखेत स्थित पृथ्वीराजमार्गमा टिपर र कार ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना गम्भिर घाईते भएका छन् ।

तनहुँबाट काठमाडौजादै गरेको बा ४ च २७९ नम्बरको कार र काठमाण्डौं तर्फबाट आईरहेको बा ३ ख ७३९३ नम्बरको टिपर ठोक्किएर बिहीवार बिहान ६।३० वजे तिर दुर्घटना भएको हो । दुर्घटनामा परि कार चालक दोलखा मेलुङ गाउँपालिका वडा नम्बर १० का प्रकाश अधिकारीको मृत्यु भएको छ भने कारमा सवार तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का ४० बर्षिय दिलबहादुर श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युबराज खड्काले बताउनुभयो ।

घाइते श्रेष्ठको गजुरी स्थित स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि लागि काठमाडौ पठाईएको र टिपर चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।