अविरल बर्षापछि जोगिमारामा पहिरो, पृथ्वीराजमार्ग अबरुद्ध

1156 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १ असार । यस बर्षको मनुसन शुरु भएसँगै  अबिरल बर्षा शुरु भएको छ ।

आईतबार राती देखि परेको बर्षा मंगलबार दिनभर जसो जारी रहेको थियो । छिन छिनमा आउने पानीले जनजिवन दिनभरनै अस्तव्यस्त जस्तै भएको थियो । यसैक्रममा देशको राजधानी काठमाण्डौंलाई देशका ६७ जिल्लासंग जोड्ने धादिङको बेनीघाटरोराङ गाउँपालिका–१०, जोगिमारा तिकराङ स्थित पृथ्वीराजमार्गमा छिनछिनमा पहिरो खसेर मंगलबार दिनभर जस्ता सडक अबरुद्ध हुन पुगेको छ ।

दुई दिन देखि परिरहेको पानीले सडकमा पहिरो खस्न थालेपछि धादिङको वेनिघाटरोराङको जोगिमारा स्थित तिकराङ ढुंगाखानीबाट झरेको पहिरोले पृथ्वीराजमार्गमा दिनभर जस्तो अबरोध पु¥याएको छ । सडकमा यात्रुवाहक सवारी साधनको चाप नभएपनि मालबाहक ट्रक र निजि सवारीहरु दिनभर जस्तो जाममा परेका छन् ।

जोगिमाराको तिकराङमा सडक भन्दा माथि रहेको ढुंगाखानीबाट पहिरो र लेदो झर्ने क्रम दिनभर चलिरहेको कारण सडक अबरुद्ध हुन पुगेको हो । डोजरको सहायताले पहिरो पन्छाएपनि अविरल बर्षाका कारण छिनछिनमै पहिरो र लेदो माटो खसेर अबरुद्ध हुने क्रम नरोकिएको वेनिघाटरोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद भट्टराईले वताए ।

सडक विभागको डोजरले छेकिएको बाटो खुलाउदै सवारी पास गराईरहेको भएपनि पहिरो खस्न नरोकिएकाले त्यस क्षेत्रमा यात्रा जोखिमपूर्ण बनेको जोगिमारा प्रहरी चौकीले जनाएको छ ।

तिकराङमा पहिरो खस्नुमा हेटौंडा सिमेन्ट उद्योगको चुनढुङ्गा खानी संचालनमा लापर्वाही भएको स्थानीयको भनाई छ । गत बर्ष पनि जोगिमाराको ढुङ्गा खानीबाट झरेको पहिरोले एक दर्जन भन्दा बढी सवारी साधन खानी क्षेत्रमा पुरिएर कामै नलाग्ने हुन पुगेको थियो ।
अविरल बर्षासंगै सडकमा माथिबाट लेदो खसेपछि गएरातिदेखि अवरुद्ध मुग्लिन– नौविसे सडकखण्ड पहिरो पञ्छाएपछि विहान ८ बजेदेखि सञ्चालनमा आएको भएपनि दिनभर पहिरो खस्ने र सडक छेकिने समस्या भईरहेको वताईएको छ ।

यसै गरी कालुपाण्डे मार्ग अन्र्तगत सिद्धलेक गाउँपालिका वडा नम्बर ६ स्थित परेवाटारमा पनि पहिरो खसेर सडक अबरुद्ध पारेपछि डोजर को सहायतामा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याईएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

  • तस्बिर : दानबहादुर गुरुङ / इच्छाकामना एफएम