बिपन्न चेपाङलाई भाष्कर तेजश्री स्मृति प्रतिष्ठानको खाद्यान्न सहयोग

1055 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ५ असार । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० का अति विपन्न चेपाङ परिवारलाई भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीको कारण ज्यालामजदुरी गर्न घरवाहिर जान नपाएपछि खाद्यान्न संकट व्यहोेरीरहेका अति विपन्न ७५ चेपाङ परिवारलाई गाउँमै पुगेर प्रतिष्ठानको टोलीले खाद्यान्न सहयोग प्रदान गरेको हो ।

स्वर्गिय इन्जिनीयर डाक्टर भाष्कर बहादुर थापाको आठौ बार्षिकीको तिथि पारेर असार ५ गते गाउँपालिका प्रतिनिधि मणीराज गुरुंङको उपस्थितीमा बेनिघाटरोराङ १० का ७५ घरका चेपाङ परिवारलाई दाल चामल नुनतेल वितरण गरेको प्रतिष्ठानका प्रोजेक्ट मेनेजर गोरख रेग्मीले जानकारी दिनुभयो ।