धादिङ अस्पताललाई रोटरी क्लबबाट ६५ लाख बराबरको सहयोग

998 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक पर्ने करिब ६५ लाख बराबरको मेडिकल उपकरणहरु सहयोग प्राप्त भएको छ ।

ग्लोबल ग्रान्ट परियोजना अन्तरगत अस्पताललाई आइ सि यु र भेण्टिलेटरका लागि चाहिने मेडिकल उपकरणहरु सहयोग प्राप्त भएको हो ।
रोटरी क्लब धादिङ , रोटरी क्लब नारायणगढ र रोटरी क्लब होनोलुलु सनसेट ( यु एस ए)को तर्फबाट असार १२ गते शनिवार एक कार्यक्रमका बिच आईसियु बेड, भेन्टिलेटर पेडिट्रिक, इसिजी मेशिन लगायतका २८ प्रकारका स्वास्थ्य सामाग्री र मेडिकल उपकरणहरु रोटरी क्लवले अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो । कोरोना भाइरसको दोस्रो लहरसँगै फैलिएको महामारी र अन्य कारणले गम्भिर बिरामीहरूलाई उपचारमा सहयोग पुर्‍याउन उक्त स्वास्थ्य सामाग्री निकै प्रभावकारी हुने अस्पतालले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा रोटरी साझेदारी क्लब नारायणगढ्का बर्तमान अध्यक्ष अनुकूल श्रेष्ठ , पुर्ब अध्यक्ष निरन्जन प्रधान लगायत रोटरीयनहरु सहभागी हुनुभएको थियो । यो परियोजना लाई विशेष आर्थिक सहयोग रोटरी क्लब होनोलुलु सनसेट (यु एस ए) रहेको रोटरी क्लव धादिङका अध्यक्ष कृष्ण उप्रेतीले   जानकारी दिनुुु भयो ।सामान हस्तान्तरण कार्यक्रममा रोटरीका अन्य पदाधिकारी र सदस्यहरुको पनि उपस्थिती रहेको थियो । त्यसैगरी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेट डाक्टर त्रिभुवन चन्द्र झाका साथै अस्पतालका डाक्टर, चिकित्सक र अन्य स्वासथ्यकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।