मिस नेपाल नम्रता श्रेष्ठको पहलमा थोपलखोलामा झोलुंगे पुल बनाईदै

865 पटक पढिएको

प्रकाशित मिति: २०७८, १४ असार सोमबार १९:००

सम्पादक: धादिङ न्यूज

 

 

 

धादिङ न्यूज

धादिङबेसी। मिस नेपाल नम्रता श्रेष्ठको पहलमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ र १२ जोड्ने गरी छिरिङ्गे स्थित थोपल खोलामा झोलुंगे पुल निर्माण हुने भएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर २ को आलेछिरिङ र नीलकण्ठ १२ को लामागरा सामुदायिक वनको विच भएर बगेको थोपलखोलामा ७३ मिटर लामो झोलुङ्गेपुल निर्माण गर्न लागिएको हो ।

यो ठाउँमा पुल नहुँदा बर्षायाममा नीलकण्ठ नगरपालिका वडा नम्बर २ र १२ का वासिन्दाले थोपलखोला वारपार गर्न बर्षौदेखि निकै समस्या झेल्दै आईरहेका थिए । पु्ल नभएकै कारण केही व्यक्तिलाई खोलाले बगाएर ज्यान समेत गएको स्थानीयवासी एवम सामाजिक अभियन्ता भूमिरमण नेपालले वताउनु भयो ।

एउटा झोलुङ्गे पुलको माग गर्दै विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा धाउँदा धाउँदा कुनै उपलव्धि हुन नसकेर थाकेका स्थानीयवासीले मिस नेपाल नम्रता श्रेष्ठको प्रस्तावलाई स्वागत गर्दै आंफुहरुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा  विश्व सुन्दरी प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने तयारीमा रहनु भएकी नम्रताले  विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्यूटी विथ अ पर्पसको लागि उक्त पुल बनाउन लागिएको हो । झन्डै ५५ लाख खर्च लाग्ने उक्त पुल केही महिनामा तयार भई सर्वसाधरणको लागि प्रयोगमा आउनेछ ।

छिरिङ पुुछार झोलुंगे पुल नामाकरण गरिएको उक्त पुलको शनिवार शिलान्यास गरिएको छ । स्पोन्सरहरु जुटाएर पुल निर्माणका लागि बजेट संकलन थालिएको द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले जानकारी दिनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, १४ असार सोमबार १९:०० मा प्रकाशित