पहिरो खसेर धादिङमा पृथ्वी राजमार्ग अबरुद्ध

2158 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

जोगिमारा( धादिङ) । अविरल बर्षाका कारण ठाउँ ठाँउमा पहिरो खसेपछी पृथ्वीराजमार्गको मलेखु मौवाखोला खण्ड राती देखि अबरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोलामा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । अहिले पहिरो हटाउने काम भइरहेको छ । बर्षा जारी रहेको र पहिरो खस्न नछाडेकाले पहिरो पन्छाउन समस्या भएको जोगिमारा प्रहरी कार्यालयले जनाएको छ ।

लगातार परेको बर्षाले धादिङको वेनिघाटरोराङ गाउँपालिकाको हुग्दिखोला, गोईराङ,रोवाङ, कोस्राङ, जोगिमारा, हात्तिबाङ लगायतका स्थानमा पहिरो खसिररहेको र त्यो सबै वग्दै पृथ्वीराजमार्गमा आईपुग्ने भएकाले राजमार्गमा लेदो झर्ने क्रम जारी रहेको छ ।

यसै बिच त्रिशूली नदीमा ट्रक खस्दा हराईरहेका एक जना भेटिएका छैनन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको थियो ।

वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ३ ख ८०७४ नम्वरको ट्रक बुधबार विहान त्रिशूलीनदीमा खसेको हो।प्रहरीका अनुसार ट्रकमा सवार चालकबाहेक अरु को को थिए भन्ने यकिन हुन सकेको छैन ।

ट्रकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।वीरगन्जबाट काठमाडौंका लागि छुटेका कपडा लोड गरिएको तीन वटा ट्रकमध्ये एउटा ट्रक सम्पर्कमा नआएपछि खोजी गर्दा दुर्घटनामा परेको  पुष्टि भएको थियो।

नदीको बहाव निकै ठूलो भएकोले ट्रक नदीले बगाएर बेपत्ता भएको अनुमान प्रहरीको छ ।

  • बिहिवार विहान धादिङको हुग्दिखोला नजिकै झरेको पहिरो
  • फोटो : बिश्वदिप डिसिबाट