ह्वासिन सिमेन्ट उद्योगमा बाढी पसेर क्षति

2466 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बेनीघाट रोराङ – धादिङमा निर्माणाधीन नेपालकै ठूलो सिमेन्ट उद्योग  ह्वासिन सिमेन्ट उद्योगलाई बाढीले क्षति पुर्याएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–२ ताल्ती स्थित कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी उद्योगमा पसेको हो । उद्योगको छेउछाउमा भएको सामान बगाएको छ । उद्योगको मुख्य भागमा बाढीले पुरेको प्रत्यक्षदर्शीले बताए ।

बाढीले सीताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ । अरु दुई होटलमा पनि बाढी पसेको छ । सिमेन्ट उद्योगको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ मजदुरलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।   अघिल्लो वर्ष पनि  बाढीले सिमेन्ट कम्पनीमा ठूलो क्षति पु¥याएको थियो ।बाढीले मलेखु ताल्ती सडक खण्डमा पनि ठाउँ ठाउँमा क्षती पु¥याएको छ ।