मुग्लिन–नारायणगढ सडकखण्डमा ट्रक माथि नै पहिरो खस्यो पहिरोका कारण बिहिवार बेलुकी देखि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

1129 पटक पढिएको

१८ असार २०७८, शुक्रबार ०७:५७ सम्पादक: धादिङ न्यूज

 

धादिङ न्यूज

 

मुग्लिन, १८ असार । अविरल बर्षा पछि गएको पहिरोका कारण बिहिवार बेलुकी देखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डको जाममा फसेको ट्रक माथि नै पहिरो खसेको छ। उक्त सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा रोकिराखेको ट्रक माथि शुक्रवार बिहान करिब ७ बजेतिर पहिरो खसेको हो।

पहिरोमा नारायणढबाट मुग्लिनतर्फ सामान बोकेर आउदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ। पहिरोले अर्को एउटा यात्रुबाहक बसमा समेत सामान्य क्षति पुर्‍याएको छ। उक्त राजमार्ग अहिले पूर्ण रुपमा दुईतर्फी नै बन्द रहेको छ।

पहिरो पन्छाएर राजमार्ग सुचारु गराउन बिहानै देखि प्रहरी र सडक विभाग लागि परे पनि ठाउँ ठाउँमा गएको पहिरोका कारण राजमार्ग खुलाउन कठिन परिरहेको छ ।

बुधबारदेखि निरन्तर परिरहेको झरिका कारण पहिरो गैरहने भएकोले मुग्लिन–नारायणगढ सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ।

राजमार्ग अवरुद्ध हुदाँ सयौ सवारीसाधान राजमार्गमा नै अलपत्र परेको  छ ।

  • इच्छाकामना न्यूजबाट