नेपाल टेलिकमले शुरु ग¥यो धादिङबेसीमा आईपी टीभी सेवा

1205 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङं । नेपाल टेलिकम धादिङंले सदरमुकाम धादिङबेसीमा एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याएको छ । एनटीटीभी ब्रान्डको यो सेवा सदरमुकाम स्थित टेलिकम कार्यालयमा परिक्षण गरी संचालनमा ल्याईएको हो ।

नेपाल टेलिकम धादिङका कार्यालय प्रमुख श्याममणी अर्यालका अनुसार एफटीटीएच नेटवर्कको पहुँच भएका  जिल्लाका सबै स्थानमा विस्तार गर्ने तयारी भइरहेको छ । टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइ रहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराए पश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आएको हो ।यो सेवा धादिङ बाहेक काठमाण्डौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

टेलिकमले ल्याएको एनटी टीभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरू हेनै सकिनेछ । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरू ग्राहकहरुले हेनै सक्नेछन् । हाल टेलिकमले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टीभी सेवा उपलब्ध गराइरहेको छ । * वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरू र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरू हेर्न सकिने टेलिकम धादिङका प्रमुख अर्यालले बताउनुभयो ।

टेलिकमले बेसिक र प्रिमियम प्याकेजसहित नेट टिभी सञ्चालनमा ल्याएको हो । जसमा सिंगल टिभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट (बेसिक टिभी प्याकेज) को मूल्य १२ सय ३० रुपैयाँदेखि १३ हजार दुई सय २० रुपैयाँ तोकेको छ । * टेलिकमले एक महिना अवधिको उक्त प्याकेजको मूल्य १२ सय ३०, तीन महिनाको ३५ सय ३० र १२ महिनाको १३ हजार दुई सय २० रुपैयाँ तोकेको जनाएको छ ।

टेलिकमले इन्टरनेटबाहेक एनटी टिभी र निःशुल्क ल्यान्डलाइनको मूल्य एक महिनाको चार सय ८०, तीन महिनाको १४ सय ५० र १२ महिनाको ५७ सय ८० रुपैयाँ तोकेको छ । यसैगरी टेलिकमले १५ एमबीपीएस प्रिमियम एनटी टिभी अनलिमिटेड इन्टरनेट र, एनटी टिभी र टेलिफोन (निःशुल्क) एक महिनाको मूल्य १४ सय, तीन महिनाको ४१ सय र १२ महिनाको १५ हजार रुपैयाँ तोकेको अर्यालले वताउनुभयो ।


३० एमबीपीएस अनलिमिटेड इन्टरनेट, एनटी टिभी र टेलिफोन (निःशुल्क) प्याकेजको एक महिनाको १७ सय ५०, तीन महिनाको पाँच हजार र १२ महिनाको १८ हजार एक सय रुपैयाँ तय गरेको पनि अर्यालले जानकारी दिनुभयो । ४० एमबीपीएस इन्टरनेटसहित यो प्याकेजको एक महिनाको दुई हजार ५०, तीन महिनाको ६ हजार र १२ महिनाको १९ हजार सात सय रुपैयाँ पर्नेछ ।+

६० एमबीपीएस इन्टरनेटसहित यो प्याकेजको टेलिकमले एक महिनाको २४ सय ५०, तीन महिनाको ७२ सय र १२ महिनाको २४ हजार पाँच सय रुपैयाँ रहेको टेलिकमले जनाएको छ । टेलिकमले एनटी टिभी र टेलिफोन (निःशुल्क) एक महिनाको आठ सय रुपैयाँ, तीन महिनाको २३ सय ५० र १२ महिनाको ८३ सय रुपैयाँ पर्नेछ ।

धादिङमा ३ हजार ४ सय ल्याण्डलाईन टेलिफोन रहेकोमा १ हजार ८ सयले एनटि फाईभरबाट सेवा लिईसकेका छन् । जिल्लाभर अहिले पनि १ हजार २ सयले एडिएसएल मार्फत इन्टरनेट प्रयोग गरिरहेको टेलिकम धादिङका प्रमुख अर्यालले जानकारी दिनुभयो ।