धादिङमा बाढी पहिरोले पु¥यायो नोक्सानी , दुई जनाको मृत्यु ,छ जना घाईते, पक्की पुल भाँचीयो,

1012 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । तीन दिन सम्मको अविरल वर्षापछि शनिवार दिउँसोबाट धादिङमा मौसममा केही सुधार देखिन थालेको छ । दिउँसो बर्षा रोकिएर घाम चर्किएको छ । थालेको छ । अविरल बर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो जाँदा भौतिक नोक्सानी मात्रै होइन जनधनको पनि क्षती भएको छ ।

धादिङमा पहिरो खसेर ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । ३ जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० तिकराङमा खसेको पहिरोले चारवटा सवारी साधनमा क्षति पुगेको हो ।
पहिरोमा पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको भारतीय नम्बर प्लेट भएको मालवाहक ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ना ८ ख ४५४० नम्बरको ट्रकका सहचालक चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतीय महिला ४३ वर्षीया सोनी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले वताउनु भयो ।

चेपाङको शब ट्रकमा चेपिएको अवस्थामा भेटिएको थियो भने सोनी देवीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

पहिरोले सडक अवरुद्ध हुँदा मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको थियो । पृथ्वीराजमार्ग अन्तर्गत बेनीघाटरोराङ गाउँपालिका गजुरी र गल्छी गाउँपालिकामा समेत सडक अबरुद्ध हुन पुगेको थियो । गजुरी गाउँपालिकाको जरेमा पहिरो खसेको थियो भने गल्छीको बैरेनीमा स्थानीय गर्दो खोलामा पानीको बहाव बढेपछि पृथ्वीराजमार्गबाट वगेको थियो । खोला सडकबाट बग्दा सडकमा सवारी आवागमनमा अवरोध पुग्नुका साथै सडक छेउका घरहरुमा खोलाको भेल पसेको थियो ।

त्यस्तै धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पनि पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको थियो ।

अविरल बर्षा पछि आएको पहिरोमा परेर बेनिघाट रोराङ वडा नम्बर ७ मा सात घरमा क्षती पु¥याएको छ । नेपाल रेडक्रस सोसाईटी धादिङका जिल्ला सदस्य जिवन घिमिरेका अनुसार पहिरोले कुमार नेपाल, रामकृष्ण मानन्धर,धनबहादुर बिक, सीताराम परियार र रामशरण परियारको घर गोठमा क्षती पु¥याएको छ । पहिरोले सातवटै घर भत्किनुका साथै लत्ताकपडा, खाने अन्न,भाँडाकुँडा समेत नोक्सानी भएको घिमिरेले वताउनुभयो ।

महेश खोलामा आएको बाढीले थाक्रे गाउँपालिका-२,को सिम्ले बजार र वडा न. ११ को मान्खुटार जोड्ने  निर्माणाधिन पक्की पुल भाँचिदिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुलमा बाढीले क्षति पुगेको हो ।

निरन्तरको अविरल वर्षा पछि आएको बाढिले उक साता अघि मात्र ढलान सम्पन्न भएको मोटरवेल पुल कामै नलाग्ने गरी क्षती पु¥याएको स्थानिय शिक्षक जयराम रुपाखेतीले बताउनुभयो । गए राती र १२ बजेको समयमा आग्राखोलामा बाढी आएपछि महेशखोलामा पानीको बहाव निकै बढेर निर्माणको अन्तिम चरणमा पुगेको पुल भाँचिएको बताईएको छ ।

संघीय सरकारको कार्यक्रम अन्र्तगत सडक डिभिजन कार्यालय भरतपुरले ठेक्का मार्फत निर्माण गरिरहेको सो पुलको लागत ६ करोड ५४ लाख रहेको छ । गत आर्थिक बर्षमै सम्पन्न हुनुपर्ने पुल निर्माण कार्य ढिलाई हुंदा बाढीको चपेटामा परेको हो । गत चैतमा निर्माण सम्पन्न गर्ने गर्ने गरी दिपज्योती कन्ट्रक्सनले निर्माणको ठेक्का लिएको सो पुल भिजन कन्ट्रक्सन मार्फत निर्माण भईरहेको थियो ।

पुल भाँच्नु अघि आग्राखोलामा आएको बाढीले खोला नाघेर बाहिर निस्कन थालेपछि थाक्रे गाउँपालिकाको आग्राखोला किनारमा बस्दै आईरहेका १ सय ३४ परिवारलाई रातीनै सुरक्षित स्थानमा सारिएको थियो ।

आग्रा खोला किनारमा मजदुर तथा सुकुम्बासी परिवार बस्दै आइरहेका छन् । ती सबैलाई राती नै उद्दार गरी सुरक्षित स्थानमा सारिएको थाक्रे गाउँपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेतीले जानकारी दिनुभयो ।