महादेबबेसिमा दुर्घटना एक बालकको मृत्यु , दुईजना घाइते

3140 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ २९, असार । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नौबिसेदेखि मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजना बालकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन् । घाईतेलाई उपचारका लागि काठमाडौ पठाईएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृतक बालकको परिचय खुल्न बाकी रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनास्थलमा नरोकी अघि बढेको ट्रक सिम्ले नजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।