किराञ्चोकमा सम्झनाको शव जंगलमा भेटियो

722 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ की २० बर्षिया सम्झना रोक्का जंगलमा मृत अवस्थामा भेटिएकी छिन ।

साउन १ गते शुक्रवार देखि हराईरहेकी सम्झनाको खोजी कार्य भईरहेको बेला आईतबार विहान घर देखि माथि जंगलमा मृत अवस्थामा भेटिएको स्थानीयले वताएका छन । सम्झनाको शव भेटिएपछि प्रहरी टोली घटनास्थलतर्फ गईसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।घटनाको अनुसन्धान जारी रहेकाले थप बिबरण आउन भने बाँकी रहेको छ ।