अनलाइन सञ्चारमाध्यम दर्ता र प्रेस पास सेवा अब अनलाइनमार्फत मात्र

983 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अनलाइन सञ्चारमाध्यम दर्ता तथा प्रेस पास सेवा अब अनलाइनबाट मात्र उपलब्ध हुने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबार एक सूचना जारी गर्दै प्रेस पास र अनलाइन दर्ता सेवा पूणर् रूपमा अनलाइनबाट मात्र प्रवाह हुने जानकारी दिएको हो।

साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरण, अनलाइन मिडिया दर्ता र नवीकरणसँग सम्बन्धित सबै सेवाहरु अनलाइनबाट मात्रै पाइने जानकारी दिएको हो ।

यसअघि विभागले भौतिक उपस्थिति तथा अनलाइन दुबै माध्यमबाट सेवा दिदै आएको थियो । भौतिक उपस्थितिमा सिमित सेवाहरु मात्र रहँदै आएको थियो । विभागले यहि साउन १० गतेदेखि अनलाइन सेवाको शुरूवात गरेको हो।

विभागको वेबसाइटमा गएर अनलाइन सेवामा क्लिक गरी यो सेवा लिन सकिने छ । अनलाइन सेवामा क्लिक गरी आफुलाई आवश्यक विकल्प छनोट गरी सम्पूणर् विवरण भर्नुपर्नेछ।

त्यसपछि त्यहाँ मागिएको कागजातको २०० केबीभन्दा कम साइजको पीडीएफ फाइल अपलोड गर्नुपर्नेछ। सबै विवरण भरेपछि सबमिट गर्नुपर्छ ।

सबमिट भएपछि उक्त निवेदन विभागले स्वीकृत गर्नुपर्नेछ। विभागबाट स्वीकृत भएपछि कनेक्ट आईपीएसबाट राजस्व तिरिसकेपछि मात्र आफ्नो प्रमाणपत्र विभाग वा आफुलाई पायक पर्ने जिल्ला हुलाक कार्यालयबाट लिन सकिने जनाएको छ टेक्नोलोजी खबर डट कमले समाचार लेखेको छ ।