धादिङमा २५ सहित देशभर ४,९०४ जना कोरोना संक्रमण ,३५ जनाको मृत्यु

887 पटक पढिएको

प्रकाशित मिति: २०७८, २६ श्रावण मंगलवार २१:२६

सम्पादक: धादिङ न्यूज

 

 

 

धादिङ न्यूज

धादिङ । मंगलबार देशभर ४,९०४ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरमा १९,१२३ जनामा कोरोना परीक्षण गर्दा ४,९०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

परीक्षण दर बढ्दा संक्रमितको संख्यापनि केही बढेको देखिएको छ । यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ३७,३३२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने २,११५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार संक्रमित मध्य ७६१ को सघन उपचार कक्षमा र १७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै ३३,९८५ जना होम आइसोलेसनमा,३३४७ जना संस्थागत आइसोलेसनमा र ३८१ जना क्वारेन्टाइनमा छन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, २६ श्रावण मंगलवार २१:२६ मा प्रकाशित