धादिङ लगायतका १२ जिल्लाका सीडीओको काज सरुवा

691 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । गृहमन्त्रालयले धादिङ लगायतका विभिन्न १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को काज सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको छ भने ३ जनालाई गृह मन्त्रालयमा तानेको छ ।

गृह मन्त्रालयका सहसचिव केष्णप्रसाद लम्साललाई धादिङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । धादिङका सिडियो ज्ञानप्रसाद ढकालको मंगलबार सरुवा भएको थियो ।मंगलबारनै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको पनि सरुवा भएको छ ।

मन्त्रालयले गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाएको छ भने पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा गरेको छ । त्यसै गरि गृह मन्त्रालयका सह सचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएको छ । उपाध्याय गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । मोरङका सीडीओ कोषहरि निरौला,दोलखाका वासुदेव घिमिरेको भने मन्त्रालयमा सरुवा भएको छ । सरुवाकै क्रममा दीपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभाको सिडियोमा सरुवा भएको छ ।

संखुवासभाका टेकनारायण पौडेललाई मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै टेकराज निरौलालाई लाई मन्त्रालयमा ल्याइएको छ । आस्मान तामाङलाई चितवन, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देहीको सिडियोमा सरुवा गरिएको छ ।