जनआकांक्षा महिला सहकारीको अध्यक्षमा दुवाडी

777 पटक पढिएको

प्रकाशित मिति: २०७८, १९ आश्विन मंगलवार २१:३९

सम्पादक: धादिङ न्यूज

 

 

 

गजुरी – जनआकाँक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड गजुरीको  अध्यक्षमा सीता दुवाडी पुन:निर्वाचितहुनु भएको छ । असोज १६ गतेसम्पन्न संस्थाको १३ औं साधारण सभाले १५ सदस्य सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जयन्ती रेग्मी ,उपाध्यक्षमा सिद्धलेक गाँउपालिकाकी उपाध्यक्ष समेत रहेकी कमला शर्मा अधिकारीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । संस्थाको कोषाध्यक्षमा गल्छी गाँउपालिकाकी उपाध्यक्ष समेत रहेकी राधा लामिछानेलाई निर्वाचित गरेको छ । यसैगरी लेखा समितिको संयोजकमा वविता कोइराला सदस्यहरुमा सरस्वती भण्डारी र गिता मगरलाई निर्वाचित गरेको छ ।

गजुरी गाँउपालिका वडा नं. ६ आदमघाट कार्यालय रहने गरी २०६५ सालमा स्थापना भएको सहकारी संस्थाले आव २०७७।०७८ मा दुई करोड ७६ लाख ८९ हजार चार सय ७३ रुपयाँ लगानी गरेर २० लाख १३ हजार दुई सय ९६ रुपयाँ नाफा गरेको छ । संस्थाको शेयर पूजीँ ५० लाख ५९ हजार रहेको छ भने दुई करोड ३५ लाख ६१ हजार ९१ रुपयाँ निक्षेप संकलन गरेको छ । संस्थाको कार्यक्षेत्र गजुरी गाँउपालिकाको वडा नं ६, ५,७,८, गल्छी गाँउपालिकाको वडा नं २,३,४,६ र सिद्धलेक गाँउपालिकाको वडा नं ७ रहेको छ । गत आवसम्म चार सय ६३ जना रहेकोमा यस वर्षको साधरण सभाको दिन एक सय ४० जनाले शेयर खरिद गरेकाछन् ।

बजार क्षेत्रमा रहेको पूजीँ गाँउमा लगानी गर्ने, भौगोलिक हिसावले प्रचारप्रसार गर्न सजिलो र बजार नजिक रहेकाले उत्पादन बढाउन र बजारसम्म पु¥याउन सजिलो हुनेलाई सहकारी संस्थाले अवसर रुपमा ग्रहण गरेको छ । यसैगरी विभिन्न वित्तिय संस्थाहरुले गर्दा शेयर सदस्य वृद्धिमा ग्राहो भएको, थोरै पूजीँ सदस्यको आवश्यकता बढी भएकाले आवश्यकता पुरा गर्न नसक्नु, लघुवित्तिय संस्थाले सहकारी र लघुवित्तिय संस्था उस्तै उस्तै हो भनि प्रचार गर्नु र सहकारी शिक्षमा व्यापकता दिन नसक्नुलाई सहकारी संस्थाले चुनौतिका रुपमा लिएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, १९ आश्विन मंगलवार २१:३९ मा प्रकाशित