काँग्रेसका नेता एवम पूर्व सांसद रामनाथ अधिकारीलाई मात्तृशोक

812 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ,२९ असोज – नेपाली काँग्रेस धादिङका पूर्व सभापति एवम धादिङ क्षेत्र नमबर २ का पूर्व सांसद रामनाथ अधिकारीलाई मात्तृ शोक परेको छ ।

पूर्व सांसद अधिकारीको ८१ बर्षिया आमा टिकादेवी अधिकारीको असोज २८ गते विहिबार सांझ घरमै निधन भएको हो । स्वर्गिय टिकादेवीको हिन्दु संस्कार अनुसार विहिवार रातीनै दाहसंस्कार गरिएको छ ।

टिकादेवीको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै आफन्तजन, शुभचिन्तक, जिल्लाका राजनैतिक, सामाजिक तथा विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरुले सामाजिक सन्जाल तथा अन्य माध्यमबाट मृतक प्रति श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
स्वर्गिय अधिकारीको एक छोरा र ४ छोरी रहेका छन् ।