काँग्रेसको पहिलो प्राथमिकता महाधिवेशन-रामचन्द्र पौडेल एमालेमा फुटको असर छैन

785 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २ कात्तिक – नेपाली कांग्रेसको महाधिवेशन समयमै सम्पन्न गरी पार्टीलाई वैधानिक संकटबाट जोगाउनु काँग्रेसको पहिलो प्राथमिकता रहेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

पार्टीको महाधिवेशन अघि निर्वाचन सम्भव नभएकोले अब तुरुन्तै निर्वाचन हुन्छ भनेरकोहि दुविधामा नपर्न उनले आग्रह गरेका छन् । वैधानिकता प्राप्त नगरेको पार्टीले टिकट बाडेपनि मान्य नहुने भएकाले नेपाली कांग्रेसको पहिलो काम महाधिवेशन सम्पन्नगर्नु भएको पौडेलले बताए ।

नेपाली कांग्रेसको सभापतिको लागि आकांक्षी धेरै जना देखिएको भएपनि आपसी छलफलबाट एक जनामात्र उम्मेदवार अगाडि आउने पौडलले बताएका छन् । महामन्त्री सशांक कोइरालाका साथ उपस्थित भएका पौडेलले कार्यकर्तालाई सम्वोधन गर्दै भने ‘बाहिर जे जस्तो हल्ला भएपनि हामी सामुहिक नेतृत्वको पक्षमा छौं । कांग्रेसमा शुद्धीकरण र निखार ल्याइ महाधिवेशन मंसिरमै सम्पन्नहुने पौडेल र कोइराला दुबैको भनाई थियो ।

आगामी निर्वाचन तर्फ लक्षित गर्दै पार्टीका जिल्ला तहका नेता कार्यकर्तालाई सम्वोधनका क्रममा नेता पौडेलले एमाले पाटी नफुटेकोले एमालेसँगको प्रतिस्पर्धाको लागि काँगे्रस बलियो संग तयारीमा जुट्नुपर्ने बताएका छ्न ।

नेपाली काग्रेसका धादिङका पूर्व सभापति एवम पूर्व सांसद रामनाथ अधिकारीलाई समबेद्ना दिन मंगलबार नेता पौडेल धादिङ आएका थिए । पूर्व सांसद अधिकारीको आमाको असोज २८ गते राती निधन भएको थियो । काँग्रेसका बरिष्ठ नेता पौडेल र महासचिव संशाक कोईराला नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसी स्थित अधिकारीको निवास पुगेर दुबै नेताले काँग्रेस नेता रामनाथअधिकारीको माता टीकादेवी अधिकारीको तस्विरमा मामाल्यार्पण र शोक सन्तप्त परिवारलाई भेटेर समवेदनाव्यक्त गरेका थिए ।

पूर्व सांसद अधिकारीलाई भेट्ेर सदरमुकाम पुगेका नेताद्धयले पार्टी कार्यालय धादिङबेसीमा जिल्लाका नेता कार्यकर्तासंगको भेटघाट पछि पत्रकारहरुसंग कुरा गर्दै नेता पौडेलले एमाले फु्टेर काँग्रेस बलियो हुन्छ भन्ने ठान्न नहुने बताएका हुन । एमालेमा फुटको खासै असर नदेखिएको उनको भनाइ थियो ।
पार्टीको अधिवेशन जसरी पनि मंसिरमा गर्नुपर्ने भएकाले क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने पौडेलको सुझाव थियो । आन्तरिक लोकतन्त्र सुनिश्चित गर्नको लागि पार्टी भित्र धेरैवटा लडाई बाँकी रहेको र त्यो संघर्षको अभियान महाधिवेशन हुने पौडेलले बताए ।

अबको महाधिवेशनले काँग्रेसलाई सुधार गरेर, निखार गरेर, लोकतन्त्रको बाटोमा फर्काएर, कांगे्रस भित्र आन्तरीक लोकतन्त्र साकार गराएर संस्थागत विकास, पार्टी विधि र लोकतान्त्रातिक प्रक्रियाबाट चल्ने बनाएर जनताले भरोसा गर्ने पार्टी बनाउनुपर्ने पौडेलले बताएका छन् ।

नेता पौडेलसंगै आएका महामन्त्री सशांक कोइरालाले काग्रेसको पहिलो काम नै महाधिबेशन सम्पन्न गर्नु रहेको बताए । महाधिवेशनको मिति पर सार्ने काम गरे पार्टी कमजोर हुने भएकाले निर्धारित समयमै महाधिवेशन हुनुपर्ने कोईरालको भनाई थियो ।