धादिङको गजुरीमा गुडिरहेको बसमा एक्कासी आगजनी

936 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ७ कार्तिक -धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरीबजार स्थित पृथ्वीराजमार्गमा गुडिरहेको बसमा अचानक आगलागी भएको छ ।

सुर्खेतबाट काठमाँडाका लागि छुटेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आइतबार बिहान २ बजे तिर एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ । ३६ जना यात्रु रहेको बस आगजनीबाट पूर्णरुपमा क्षति पुगेको भएपनि सबैजना यात्रु सकुशल रहेको प्रहरीले बताएको छ । बसमा अचानक आगो लाग्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ईन्जिनबाट एक्कासी धुँवा निस्किएको देखेपछि बस रोकेर सबै यात्रुलाई बाहिर निकालिएको कारण मानवीय क्षति हुन बाट जोगिएको प्रहरीले बताएको छ । धादिङको सदरमुकाम धादिङबेसी र राजधानी संग सिमाना जोडिएको धुनिबेसी नगरपालिकामा एक एक वटा वारुणयन्त्र भएपनि घटनास्थलमा आईपुग्दा धेरै क्षती हुनेदेखेपछि स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

तस्बिर – हिमालय टिभि डट कमबाट