नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको निधन

642 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको सोमबार बिहान निधन भएको छ ।
आईतबार बेलुका ८ बजे उच्च रक्तचापले घलेलाई निकै असहज बनाएपछि तिप्लिङ स्वास्थ्यचौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदा हुंदै सोमबार बिहान निधन भएको परिवारका सदस्यहरुले वताएका छन् । हृदयघातका कारण ६५ वर्षिय घलेको निधन भएको हो । स्वर्गीय घले नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्र नं २ धादिङका क्षेत्रीय सदस्य एवम नेपाल विद्यार्थी संघ, धादिङका पूर्वसचिव डेविड घलेका पिता हन् ।

घलेको निधन प्रति दुःख व्यक्त गर्दै  नेपाली कांग्रेसले आफ्नो पार्टीको संगठन र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको तथा कुशल संगठक र इमान्दार एवम् अनुभवी नेता गुमाएको जनाएको छ । नेपाली कांग्रेसले बिज्ञप्ति जारी गरि घलेको निधन प्रति शोक व्यक्त गर्दै मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समबेदना व्यक्त गरेको छ ।