ग्याँस,पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ कात्तिक । जनताका लागि राहतमुखी कुनै कार्यक्रम ल्याउन नसकेको वर्तमान सरकारले फेरी ग्याँस,पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएर जनतालाई मारमा पारेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेर आम उपभोक्ताको ढाड सेक्ने काम गरेको हो । निगमले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी खाना पकाउने ग्याँसमा ५० रूपैया,डिजेल,मट्टितेल र पेट्रोलमा ३ रूपैया बढाएपछि उपभोक्ताहरु महंगीको मारमा परेका हुन ।

निगमले आयल निगम घाटामा रहेको बहानाबाजी गर्दै मूल्यबृद्धि गर्नुको विकल्प नभएको लाचारी तथ्य अघि सारेको छ । शुक्रवार रातीबाट मुल्य बढेसँगै पेट्रोल प्रति लिटर १३३, डिजेल र मट्टितेल ११६ र खाना पकाउने एलपि ग्याँसको मूल्य १५०० पुगेको छ ।
विगतमा पेट्रोलियम पदार्थको मुल्इ बेृद्धि हुंदा विरोध जनाउने बिद्यार्थी संगठन, उपभोक्ता अधिकारकर्मी बर्तमान सरकार गठन भएपछि मौन देखिएको आम उपभोक्ताको गुनासो छ ।